April 11th, 2016

राष्ट्र बैँकको ३ अर्ब बढीको ट्रेजरी विक्रि खुल्ला

nepal-rastra-bankनेपाल राष्ट्र बैंकले (आज) सोमबारबाट फेरी तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी विक्रि सुरु गरेको छ । केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्नको लागि उक्त ट्रेजरी विक्री खुल्ला गरेको हो । 

सोमबार बिक्री खुल्ला हुने र (भोली) मंगलबार जारी मिति तोकिएको ट्रेजरीको परिपक्व हुने अवधि २०७३ असार २८ गते हुनेछ । यसअघि पनि राष्ट्र बैंकले यही चैत २२ गते ९१ दिने अवधिको तीन अर्ब ६ करोड र तीन सय ६४ दिने अवधिको ३६ करोड रुपैयाँको ट्रेजरी विक्री गरेको थियो ।  त्यसै गरि गत वर्ष राष्ट्र बैंकले अधिक भएको तरलता खिच्नका लागि ट्रेजरी विल विक्री गरेको थियो । 

सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल बैंकले ९१ दिनेका लागि २ अर्ब ७७ करोड, १ सय ८१ दिनेका लागि १ अर्ब २८ करोड ३४ लाख र ३ सय ६४ दिनेका लागि २ अर्ब रुपैयाँ निर्धारण गरेको थियो । बैंक वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रिय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी बित्तीय सस्थाले तरलता केन्द्रिय बैंकलाई बिक्रि गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]