April 21st, 2017

जनता बैंकको २१ हजार कित्ता संस्थापक हकप्रद सेयर लिलामीमा आउँदै

जनता बैंक नेपाल लिमिटेडले २१ हजार सात सय २६ कित्ता संस्थापक सेयर वैशाख १५ गतेदेखि लिलामीमा निकाल्ने भएको छ । बैंकले संस्थापक समूहको हकप्रद सेयरको लागि २०७३ चैत १ गतेदेखि १५ गतेसम्म बोलकबोलबाट विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ २१ हजार सात सय २६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको छ । जसअनुसार, सेयरधनीले एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनसीएम मर्चेण्ट बैङकिङ लिमिटेड रहेको छ ।

सेयर लिलामी वैशाख २१ गते अपरान्ह ३ बजेसम्म खुला रहने छ । आवेदनमा प्राप्त बोलपत्रहरु छानबिन गरी वैशाख २६ गते बाँडफाँड गरिने बताइएको छ । बैंकले बाँडफाँडमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने भएकाले आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्न आग्रह गरेको छ । बाँडफाँटमा नपरेका आवेदकहरुको रकम फिर्ता भुक्तानी वैशाख २९ गते गर्ने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]