April 11th, 2017

बुम रेमिटमार्फत पठाएको रकम प्रोग्रेसिभ फाइनान्सले भुक्तानी गर्ने

बुम रेमिट्यान्स प्रालिले प्रोग्रेसिभ फाइनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र प्रोग्रेसिभ फाइनान्सको तर्फबाट वरिष्ठ प्रबन्धक उमा लामिछानेले सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरेका छन् । 

यस सम्झौतासँगै अब बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम प्रोग्रेसिभ फाइनान्सले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने भएको छ । साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि समेत सम्झौता भएको बताइएको छ । 

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा चार हजारभन्दा बढि सब–एजेन्टहरु छन् । आन्तरिक सञ्जाललाई तीव्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई विस्तार गर्दै जाने रणनीति लिएको छ । बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध समेत मिलाएको कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार, बुम रेमिटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम समेत गर्दै आएको छ । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको तर्क छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]