April 10th, 2017

धितोपत्र खरिदसम्बन्धी निर्देशिकामा दोस्रो संशोधन : यस्ता छन्, नयाँ व्यवस्था

नेपाल धितोपत्र बोर्डले सार्वजानिक निष्काशनमा अनलाईनबाटै आवेदन दिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) २०७३ को दोश्रो संशोधन गर्दै सबै वित्तीय संस्थाहरुलाई यथाशीघ्र अनलाइन मार्फत दरखास्त लिने व्यवस्था गर्न निर्देशन दिएको हो ।

आवेदन दिने लगानीकर्तालाई वेभसाईटबाट सहज ढंगले दरखास्त फारम प्राप्त गर्ने व्यवस्था गर्न, सेयर आवेदन दिँदा लगानीकर्ताको विवरण, हितग्राही खाता रुजु गर्न साथै बाँडफाँटको समयावधि पनि कम गर्न निर्देशन दिएको छ ।

आस्वा प्रणालीको क्षेत्र विस्तार गर्न सरकारी स्वामित्व रहेको वाणिज्य बैंकलाई समेत सहभागी गराउने बोर्डको भनाइ छ । आस्वाबाट सेयर आवेदन दिँदा लाग्ने शूल्क पनि घटाइएको छ । जसअनुसार, यसअघि दुई सय पचाससम्म लिन सक्ने व्यवस्था रहेकोमा अहिले घटाएर एक सय रुपैयाँमा झारिएको छ । यता, निष्काशन तथा बिक्री प्रबन्धकले प्राप्त गर्ने शुल्क पनि दश रुपैयाँमा झारिएको छ । बोर्डमा वुझाउनु पर्ने तीन प्रतिशत शुल्क भने हटाइएको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]