March 21st, 2017

विनोद चौधरी विश्वका १५६७औँ धनी, पहिलो नम्बरमा को ?

नेपालका उद्योगी विनोद चौधरी अर्वपतिहरुको सूचिमा १५६७औँ स्थानमा परेका छन् । अमेरिकाको चर्चित फोब्र्स पत्रिकाले सार्वजनिक गरेको २०१७ का अर्वपतिहरुको सूचिमा उनी गत वर्षकोभन्दा १० स्थान माथि उक्लेका हुन् । गत वर्ष उनी सो सूचीको १५७७औँ स्थानमा थिए । 

फोक्र्सका अनुसार, चौधरीसँग १.३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनको सम्पत्ति गत वर्षको तुलनामा बढेको हो । गत वर्ष उनको सम्पत्ति १.१ अर्ब अमेरिकी डलर रहेको थियो । चौधरी ग्रुपका अध्यक्ष रहेका विनोद सन् २०१३ मा पहिलो पटक फोर्ब्सको अर्बपतिको सूचीमा समावेश भएका थिए । 

यो वर्ष पनि संसारकै अर्बपतिहरुको सूचिको पहिलो नम्बरमा माइक्रोसफ्टका मालिक बील गेट्स नै परेका छन् । फोब्र्सका अनुसार उनीसँग ८६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । त्यस्तै, सूचीको दोस्रो स्थानमा अमेरिकी उद्योगी वोरेन बफेट र तेस्रो नम्बरमा अमेजोन कम्पनीका मालिक जेफ बेजोस छन् । उनीहरुको सम्पत्ति क्रमशः ७५.६ अर्ब र ७२.८ अर्ब अमेरिकी डलर रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]