February 26th, 2017

मर्जरको प्रक्रियामा रहेका ओम र मनास्लुले कहिलेलाई डाके साधारणसभा ?

मर्जर र हकप्रद सेयर निष्काशनको प्रस्तावसहित ओम डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १ गतेका लागि साधारणसभा डाकेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम र गोरखामा केन्द्रीय कार्यालय रहेको तीन जिल्ले मनास्लु विकास बैंक एक आपसमा गाभिँदै छन् ।

सो प्रस्ताव पारित गर्नका लागि मनास्लुले पनि चैत्र १ गते नै साधारणसभा डाकेको छ । मर्ज गर्ने प्रयोजनका लागि उनिहरुले पाँच बर्षे व्यवसायिक योजना तथा सर्वेक्षण समेत पारित गर्दैछन् । यता, ओमले ३० प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्दैछ ।

गत आर्थिक वर्षको कमाईबाट २९.२० प्रतिशत बोनस सेयर जारी गरेर ओमले एक अर्ब ३६ करोड दुई लाख ८१ हजार पाँच सय ५४ रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । यता, मनास्लु विकास बैंकको चुक्तापुँजी तीन करोड रुपैयाँ रहेको छ । यी दुई बीचको मर्जर सम्पन्न भएपछि बन्ने संस्थाको चुक्तापुँजी एक अर्ब ६४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । ३० प्रतिशत हकप्रद सेयर समेत जोड्दा ओमको चुक्तापुँजी दुई अर्ब १३ करोड ७० लाख रुपैयाँ पुग्नेछ । 

आगामी असार मसान्तसम्ममा ओम डेभलपमेन्ट बैंकले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर सो पुँजी पुर्याउने योजना ओमको छ । 

ओम डेभलपमेन्ट बैंकको मुलुकभर २६ वटा शाखा रहेका छन् भने मनास्लुको नौ शाखा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]