February 21st, 2017

प्राइम लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वुटवलमा अञ्चल स्तरको अभिकर्ता अन्तक्रिया सम्पन्न गरेको छ । लुम्बिनी अञ्चल अन्तर्गतका सबै शाखा/उपशाखा कार्यालयहरुको संयुक्त आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्विनि अञ्चल अन्तर्गतकै सक्रिय र अत्याधिक व्यवसाय उपलव्ध गराउने अभिकर्तामध्ये बजार प्रतिनिधि, व्यवसाय अधिकृत, विमा विज्ञ/सल्लाहकार तथा एजेन्सी मेनेजरहरुबाट छनोटमा पर्न सफल १०३ जनाको समुपस्थिति थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तालिम विभाग प्रमुख फरसुराम मरासिनि र अभिकर्ता सेवा विभाग प्रमुख प्रभात सिवाकोटीको प्रमुख आतिथ्यता तथा वुटवल शाखा प्रमुख रिता के.सी., पाल्पा शाखा प्रमुख किशन सिंह हमाल, जीतपुर शाखा प्रमुख कृष्ण कुमार पुरी, अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरे, तथा गुल्मी, रामपुर, सुनवल, भैरहवा, तौलिहवा, कृष्णनगर लगायतका लुम्बिनी अञ्चल अन्तर्गत सम्पुर्ण शाखा, उपशाखा प्रमुखहरु अप्रेशन इन्चार्जहरु सहितका कर्मचारीहरुको उपस्थितिमा गरिएको अभिकर्ता अन्तक्र्रिया कार्यक्रममा कार्यक्रममा छोटो समयमा अत्याधिक व्यवसाय उपलब्ध गराई विभिन्न तहमा पुग्न सफल १९ अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो । जसमा अर्घाखाँचीबाट उपस्थित भएका ११ जना मध्ये ४ जनालाई सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]