January 30th, 2017

माघ २२ गतेदेखि नेपाल टेलिकमको ‘फोरजी’ प्रिपेडमा पनि चल्ने

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको मोबाइल कम्युनिकेशन्सको चौथो पुस्ता ‘फोरजी’ सेवा अब पोष्टपेड मोबाइलमा पनि उपलब्ध हुने भएको छ । हालसम्म नेपाल टेलिकमको प्रिपेड मोबाइलमा मात्र उपलब्ध गराएकोमा आगामी शनिबार अर्थात माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा पनि फोरजी चलाउन पाइने भएको हो । नेपाल टेलिकमले सुरुवातमा काठमाडौँ उपत्यका र पोखराका लागि मात्रै यो सेवा गरेकाले तत्कालका लागि यो सेवा काठमाडौँ र पोखराका जीएसएम पोष्टपेडका तीन लाख ५० हजार ग्राहकले मात्र पाउनेछन् ।

त्यस्तै, टेलिकमले छिटै नै यो सेवालाई देशभर विस्तार गर्दैछ । फोरजी सेवा सुरु गरेको छोटो समयमा नै लोकप्रियता बढेको पाइएपछि छिटै नै मुलुकभर विस्तार गर्ने गरी गृहकार्य सुरु गरेको नेपाल टेलिकमले जनाएको छ । 

फोरजीका सुविधाहरु
उपभोक्ताले फोरजीबाट पाउने भनेकै फास्ट डेटा सर्भिस हो । नेपाल टेलिकमले सञ्चालनमा ल्याउने यो फोरजी सेवामा उपभोक्ताले सुरुवातमा ३२ दशमलब ४ एमविपिएस गतिमा इन्टरनेट चलाउन पाउने बताइएको छ । व्यवसायिक रुपमा सुरु गरेपछि यो गति ८० एमविपिएसमा पुग्नेछ ।

यसमा भिडियो डाउनलोडिङ र स्ट्रिमिङलगायत फास्ट हुन्छ । भिडियो च्याटिङ गर्न गाह्रो हुँदैन । ठूलो क्षमताका फाइलहरु अपलोड वा डाउनलोड गर्न सकिन्छ । इन्टरनेट स्पीडका कारण फेसबुक म्यासेन्जर, भाइबर, स्काइपजस्ता म्यासेजिङ एपहरुमा कुरा गर्दा आवाज नबुझिने समस्या पनि हुँदैन । त्यस्तै, म्युजिक, भिडियो, गेमलगायत विनारोकावट चलाउन सकिनेछ । 

कसरी गर्ने प्रयोग ?
फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन, क्लाउड कम्प्युटिङ लगायतका सेवा प्राप्त गर्न सकिन्छ । भिडियो, भ्वाइस, तस्वीर, ग्राफिक्सलगायत उच्च गतिको इन्टरनेट चाहिँदा फोरजी प्रयोग गर्नुपर्छ भने सामान्य अवस्थामा थ्रिजी नै उपयुक्त हुन्छ ।

सुधारिएको स्पिडमा इन्टरनेट चलाउन र मोबाइल डाटामै लाइभ भिडियो हेर्न सकिने बताइएको फोरजी प्रयोग गर्न सर्वसाधारणले यसअघिको थ्रिजीभन्दा महँगो शुल्क तिर्नुपर्नेछ भने फोरजी सपोर्ट गर्ने मोबाइल, ट्याब्लेटलगायतका ह्यान्डसेट किन्नुपर्नेछ । फोरजीका लागि मोबाइल डिभाइसहरु पनि फोरजी सपोर्टेड हुनुपर्छ । यसअघि नेपाली बजारमा थ्रिजी नेटवर्क सपोर्ट गर्ने मोबाइल, ट्याब्लेट लगायतका डिभाइस भित्रिन्थे । तुलनात्मक रुपमा केही बढी शुल्क पर्ने फोरजी मोबाइलमा मात्रै यस्तो सेवा लिन सकिन्छ । 

फोरजीबाट भिडियो कललगायतका सेवा लिन सकिने भएपछि तुलनात्मक रुपमा यसको शुल्क बढी नै हुन्छ । अहिले नेपाल टेलिकम, एनसेलले भोलुमबेस्ड प्याकेजहरु पनि ल्याएका छन् । यो तुलनात्मक रुपमा महँगो छ । यसमा इन्टरनेशनल ब्यान्डविथ पनि गाँसिएको छ । यसमा लोकल स्पेक्टर्म र लाइसेन्सलगायतका कुरा पनि गाँसिन्छन् । भोलुम बढ्दै गयो भने प्राइस पनि स्वभावैले घट्छ । 

मनोरञ्जनका लागि प्रयोग नगर्नुस्
थ्रिजी सर्भिस नै महँगो मान्ने ग्राहकका लागि फोरजी अझ कठिनाइ बन्न सक्छ । शुल्क बढी लाग्ने कारण नेपालीहरुले आनाकानी नगरी फोरजी चलाउनेमा विश्वस्त हुन सकिँदैन । तर, विस्तारै फोरजी अनुकूलको एप्लिकेशन र माग बढ्दै गए यो सस्तो पर्न सक्छ । सेवाप्रदायकले प्राइस सन्तुलनमा नल्याउँदासम्म ग्राहकले ननप्रडक्टिभ वा मनोञ्जनका लागि फोरजी कमै चलाउने आँकलन गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]