January 29th, 2017

एनबी इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सेयर आउँदै

एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीको १८ औँ र १९ औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

यसअघि १० बराबर ८ को अनापतमा हकप्रद दिएर कम्पनीले चुक्ता पुँजी २७ करोड पुर्याइसकेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि एनबी इन्स्योरेन्सको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ ।    
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]