January 26th, 2017

सेञ्चुरी बैंकले कमायो २२ करोड ३९ लाख मुनाफा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशलमव २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सेञ्चुरीले १६ करोड सात लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ४५ प्रतिशतले बढाएर २९ अर्ब एक करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ६४ प्रतिशतले बढेर ५१ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३९ दशमलव ७४ प्रतिशतले बढेर ३२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशतले घटेर शुन्य दशमलव ४७ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति तीन दशमलव ०८ प्रतिशतले बढेर १४ दशमलव ४२ प्रतिशत पुगेको छ । यो अवधिमा तीन करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल सेञ्चुरीले जगेडाकोषमा ८३ करोड ५९ लाख रुपैयाँ र प्रोभिजनमा आठ करोड १५ लाख रुपैयाँ राखेको छ । 

पुस मसान्तसम्ममा सेञ्चुरी बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा, मुल्य आम्दानीको अनुपात २७ दशमलव ५१ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ६६ पैसा र तरलता अनुपात २३ दशमलव ५५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]