January 19th, 2017

देवः विकास बैंकको मुनाफा १५० प्रतिशतले बढ्यो

देवः विकास बैंक लिमिटेडदे चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५० प्रतिशत बढी मुनाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा देवः विकास बैंकले पाँच करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब ४४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ६९ दशमलव ९३ प्रतिशतले बढेर २६ करोड २ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा एक सय ४८ दशमलव ८६ प्रतिशतले बढेर २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३३ दशमलव ३३ प्रतिशत बढी अर्थात् नौ अर्ब सात करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अवधिमा कर्जातर्फ बैंकले ४८ दशमलव ९० प्रतिशतले वृद्धि गरी आठ अर्ब तीन करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।

निष्कृय कर्जा एक दशमलव ७० प्रतिशत रहेको र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ९४ प्रतिशत रहेको देवःले जगेडाकोषमा ४२ करोड ८० लाख रुपैयाँ राखेको छ । बैंकको प्रोभिजनमा एक करोड आठ लाख रुपैयाँ नेगेटिभमा रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर वार्षिक आम्दानी २७ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको आम्दानी ७ दशमलव ३७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४२ दशमलव ६२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ४३ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]