January 15th, 2017

नेपाल एग्रो माइक्राफाइनान्सले शतप्रतिशत हकप्रद सेयर दिने

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर दिने भएको छ । बैंकको प्रथम बार्षिक साधारणसभाले सो अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । हकप्रद सेयर जारी गरेपछि संस्थाको सेयर पुँजी चार करोड रुपैयाँ र चुक्तापुँजी दुई करोड ८० लाख रुपैयाँ पुग्ने बताइएको छ । 

नेपाल एग्रो माइक्रोफाइनान्सले हालसम्म कास्कीकोे विन्द्यावासिनी र गगनगौडा, रोल्पाको खङ््ग्री, प्युठानको विजुवार, सल्यानको कपुरकोट, श्रीनगर र थारमारे, पर्वतको कुश्मा, पाल्पाको रामपुर र वर्तुङ, तनहुँको खैरेनीटार गरी ११ शाखा स्थापना गरेको छ । यस अवधिमा २ हजार ९ सय ग्राहक सदस्यबाट ७२ लाखभन्दा बढि वचत संकलन गरेको छ भने ८ करोडभन्दा बढि कर्जा लगानीमा रहेको छ । 

सभाले रमेश कुमार कर्माचार्य, निलकण्ठ शर्मा लम्साल, विनिता कोइराला पिएचडी, विवेक श्रेष्ठ सिए र सरिता अधिकारीलाई बढिमा ४ वर्षको लागि सञ्चालकमा चयन गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]