January 11th, 2017

हकप्रद र बोनस सेयरबाटै आठ अर्ब चुक्तापुँजी पुर्याउँदै माछापूछ्रे बैंक

माछापूछ्रे बैंकले हकप्रद सेयर र बोनस सेयर जारी गरेरै आठ अर्ब चुक्तापुँजी पुर्याउने भएको छ । जनता बैंकसँगको मर्जर तोडेर आफैँ पुँजी पुर्याउन लागिपरेको बैंकको चुक्तापुँजी तीन अर्ब ८६ करोड रुपैयाँ रहेको छ । हाल बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रद सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी पाँच अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक, बैंकको हालै सम्पन्न १८ औँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई २०.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ । उक्त बोनस सेय। वितरण गरेपछि माछापूछ्रेको चुक्तापुँजी छ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । बैंकको सोही साधारणसभाले बोनस वितरणपछि कायम हुने चुक्तापुँजीबाट पुनः १२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ । सो हकप्रद सेयर जारी भएपछि बैंकको चुक्तापुँजी ७ अर्ब ३९ करोड पुग्नेछ । चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर चुक्तापुँजी आठ अर्ब नघाउने योजना माछापूछ्रे बैंकको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]