January 10th, 2017

जान्नुहोस्, ट्विटरमा रिट्विट बढाउने सरल तरिका

फेसबूकमा लाइक्स र ट्विटरमा रिट्विटको मोह उस्तै हुन्छ । यदि धेरै रिट्विट पाउने चाहना छ भने बिहान हैन बेलुकाको समयमा ट्विट गर्नुहोस् । एक अध्ययनले यो कुराको पुष्टि नै गरिसकेको छ । अध्ययनका अनुसार कार्य दिनको बेलुका ५ बजे ट्विट गरिएका सामग्री सर्वाधिक रिट्विट हुन्छ । बेलुकीको समयमा मानिसहरू कार्यालयबाट घर फर्किने वा कुनै पब वा रेष्टुराँमा आराम लिँदै नेटको मज्जा लिने भएकाले यसो हुने अध्ययनले देखाएको हो । अध्ययनमा बिहानको समयमा प्रयोगकर्ताहरू ट्विटमा कम सक्रिय हुने गरेको पाइएको छ । सम्बन्धित अध्ययन मेरिल्याण्ड विश्वविद्यालयका विलियम रेण्डले गरेका हुन् ।

अध्ययनमा सम्मिलित समूहले करीब १५ हजार ट्विटर फलोअर्सको रिट्विट प्याटर्नको अध्ययन गरेको थियो । अध्ययनमा बिहान ६ देखि राति १० बजेसम्मको समयलाई आधार मानिएको थियो । मार्केटिङसँग सम्बन्धित मानिसका लागि रिट्विटको विशेष महत्व रहेको हुन्छ । रिट्विटले तिनको ब्राण्ड विस्तारमा प्रत्यक्ष सहयोग पुगिरहेको हुन्छ ।

अध्ययनमा सोमवारदेखि शुक्रवारसम्म बेलुकी ५ बजेपछि सर्वाधिक रिट्विट हुने पाइएको छ । तर, शनिवार र आइतवार भने रिट्विट कम हुने गरेको उल्लेख छ । यी दुई दिनमा भने बिहान कम र समय बित्दै जाँदा झन् कम ट्विट हुने पाइयो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]