December 11th, 2016

खुल्यो नेपाल हाइड्रोको दुई लाख ६० हजार कित्ता आईपिओ

hidro-khorangaनेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा उक्त सेयर निष्काशन गरेको हो । कम्पनीले दोलखाको भिमेश्वर ८,९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । मंसिर २६ गतेदेखि निष्काशन भएको सेयर छिटोमा पुस १० र ढिलोमा माघ दुई गतेसम्म निष्काशन गरिने बताइएको छ । 

आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गरेर आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । 

हाल कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ रहेको छ भने चुक्तापुँजी १९ करोड ५० लाख रुपैंया रहेको छ । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरे पश्चात कम्पनीले सोही पूँजीको १५ प्रतिशत अर्थात ३ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । त्यस पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]