December 4th, 2016

त्रिविका प्राध्यापक र कर्मचारीहरुको पेन्सन राष्ट्रिय वाणिज्य बैंकले वितरण गर्ने

tu-rbb-agreementत्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक र कर्मचारीहरुको निवृत्तिभरण(पेन्सन) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भुक्तान गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक र कर्मचारीहरुको निवृत्तिभरण(पेन्सन) भुक्तानी गर्ने सम्बधमा आइतबार राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विश्वविद्यालयका रजिष्ट्रार डिल्लिराम उप्रेतीले हस्ताक्षर गरेका छन् ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा.तीर्थ खनियाले हाल विश्वविद्यालयका करिब चार हजार पाँच सय अवकाश प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने र भविष्यमा करिब १५ हजार प्राध्यापक तथा कर्मचारीहरु समेत यो सम्झौताबाट लाभान्वित हुने सम्भावना भएको बताए ।

त्यसैगरी वाणिज्य बैंक संचालक समितिका अध्यक्ष डा.रविन्द्र प्रसाद पाण्डेले बैकिङ्ग क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि आगामी दिनमा वाणिज्य बैंक र विश्वविद्यालय मिलेर अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीलाई बैंकले आफ्ना आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे । 

tu-rbb-agreement-1उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका का.मु.नायब प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णु प्रसाद बैद्य र भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु, विभागीय प्रमुखहरु र विश्वविद्यालयका बरिष्ठ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु (निजामति,प्रहरी,नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल टेलिकमका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य समेत गर्दै आइरहेको छ । बैंकले वार्षिक करिब २० अर्ब रुपैंया भन्दा बढि पेन्सन तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्दछ ।

राष्ट्रिय वाणिज्य बैंकले हाल सम्म नेपालको ६७ जिल्लामा १७१ वटा शाखा कार्यालय मार्फत ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ । बैंकका हालसम्म ८६ वटा एटिएम संचालनमा छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]