November 22nd, 2016

यस्ता छन्, फोरजी सेवामा पाइने सात सुविधाहरु

4g-serviceसरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी स्वामित्वको एनसेलले फोरजी सेवा सञ्चालनमा ल्याउने भएका छन् । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति प्रक्रिया अगाडि बढाएसँगै उनीहरू फोरजी सेवा सञ्चालनको तयारीमा लागेका हुन् । टेलिकम यसअघि नै प्राधिकरणबाट अनुमति लिई सेवा सञ्चालनको तयारीमा जुटिसकेको छ । प्राधिकरणले दिएको अनुमति अनुसार टेलिकमले आगामी जनवरी १ सम्ममा फोरजी सेवा सुरू गर्नेछ । एनसेल भने प्राधिकरणको अनुमतिको पखाईमा छ । 

स्काईमा समेत चलाउन सकिने
फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’अर्थात चौथो पुस्ताको ताररहितको सक्षिप्त रुप हो । यसलाई मोबाइल ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । फोरजीले तेस्रो पुस्ता (थ्रिजी) सेवालाई विस्थापित गर्छ । फोरजी अपलिंक र डाउनलिंक गरि दुई जोडीमा वितरण हुने फ्रिक्वेन्सी, समयलाई विभाजन गरि वितरण हुने फ्रिक्वेन्सी र बहु संकेतलाई एकिकृत गरि वितरण हुने फ्रिक्वेन्सी प्रणालीमा चल्छ ।  दुई जोडीमा वितरण हुने फ्रिक्वेन्सीलाई संक्षिप्त प्राविधिक भाषामा ‘ओएफडिएम’ भनिन्छ भने समयलाई विभाजन गरि वितरण हुने फ्रिक्वेन्सीलाई ‘टिडिएमए’ र बहु संकेतलाई एकिकृत गरि वितरण हुने फ्रिक्वेन्सीलाई ‘सिडिएमए’भनिन्छ । यसको मतलब, हामीले अहिले चलाइरहेको नेपाल टेलिकमको नमस्ते वा एनसेलको सिमकार्डमा फोरजी चल्नसक्छ । त्यस्तै टेलिकमकै स्काई सिमकार्डमा समेत कम्पनीले चाहेमा फोरजी चलाउन सक्छ ।

थ्रिजीको भन्दा तीव्र गतिमा इन्टरनेट
दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । तर, धेरै मुलुकका कम्पनीहरुले यो गतिको मोबाइल इन्टरनेट नचलाई आफ्नो सेवालाई फोरजीको रुपमा प्रचार गरिरहेका छन् । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् । आइटियूको मापदण्डलाई वेवास्ता गरेपनि फोरजीको गति थ्रिजीको तुलनामा भने निक्कै नै बढी हुने गर्छ । थ्रिजी सेवामा उपभेक्ताले जम्मा ३ देखि ४ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिको मात्र इन्टरनेट चलाउन पाइरहेका छन् । फोरजी सेवा सुरु भएपछि उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने छन् । 

अन्य सुविधाहरु

  • उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजीका उपभोक्ताले अहिले भन्दा सजिलो गरि भिडियो कल र च्याट गर्न सक्छन् । 
  • त्यत्ति मात्र होइन, फोरजीमा इन्टरनेटमा आधारित टेलिफोनमा पाइने सेवाहरु पाइने छ । 
  • त्यस्तै उच्च गुणस्तरीय भिडियो सहितको मोबाइल टेलिभिजन समेत हेर्न मिल्छ । 
  • यसबाट भिडियो कन्फरेन्स गर्न सजिलो हुन्छ । 
  • फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिन्छ । 

पूराना मोडेलका स्मार्टफोनमा नचल्न सक्छ
फोरजीका उपभोक्ताले आफ्नो स्मार्टफोनमा यो सेवा सुरु गर्दैमा सबै सुविधा पाउछन् भन्ने भने हुँदैन । स्मार्टफोनको गुणस्तर र त्यसले सर्पोट गर्ने प्रविधिका आधारमा उपभोक्ता पाउने सुविधा खुम्चिन सक्नेछ । धेरै नेपाली उपभोक्ताले स्मार्टफोनका पुराना मोडेल र फिचर्स फोन चलाउने भएकाले फोरजीको सुविधाबाट बञ्चित हुनुपर्ने हुनसक्छ । त्यसो त फोरजी चलाउन स्मार्टफोन नै हुनुपर्छ भन्ने छैन । कम्पनीहरुले फोरजी गतिको इन्टरनेट चल्ने गरि डंगोल र मोड्युमहरु समेत बजारमा ल्याउने छन् । त्यसबाट समेत फोरजीको सेवा लिन सकिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]