November 13th, 2016

नेपाल लाइफको नाफामा कमालको प्रगति, तीन महिनामा पाँच करोड ८९ लाख आर्जन

nepal-life-insuranceनेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ८९ लाख ६७ हजार ५८ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार करोड २४ लाख ९३ हजार तीन सय २० रूपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफले एक करोड ६४ लाख ७३ हजार सात सय ३८ रूपैयाँ नाफा कमाएको थियो । 

यो कम्पनीले खुद बीमा शुल्कमात्रै दुइ अर्ब ६६ करोड पाँच लाखभन्दा बढी आर्जन गर्न सफल भएको छ । कम्पनीले बीमा लेखको धितो कर्जाबाट १० करोड ७६ लाख ८६ हजार एक सय ८६ रूपैयाँ कमाएको छ । नेपाल लाइफले हालसम्म ४२ अर्ब रूपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।

एफपीओमार्फत चुक्ता पुँजी बढाउने तयारी गरिरहेको नेपाल लाइफको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ । नेपाल लाइफको जगेडा कोषमा ३१ करोड ८२ लाख ३१ हजार रूपैयाँभन्दा बढी छ । यो कम्पनीको जीवन बीमा कोषको आकार ३४ अर्बभन्दा बढीको भइसकेको छ । नेपाल लाइफले महाविपत्ति कोषमा पनि १५ करोड रूपैयाँभन्दा बढी विनियोजन गरिसकेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २१ रूपैयाँ ९१ पैसा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]