November 7th, 2016

कैलाश विकास बैंकको नाफा १५४ प्रतिशतले बढ्यो

kailash bikas bankकैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४को पहिलो त्रैमासमा १३ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १ सय ५४ दशमलव ९० प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ५ करोड १९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

एक अर्ब ५८ करोड तीन लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकले असोज मसान्तसम्ममा निक्षेपमा ५८ दशमलव ६९ प्रतिशतले वृद्धि गरी १५ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ७३ दशमलव ८१ प्रतिशतले बढाएर १३ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी १ सय १६ दशमलव ३२ प्रतिशतले बढेर २१ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ३ सय ३२ दशमलव ५ प्रतिशतले बढेर १३ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

बैंकले प्रोभिजनमा ३ करोड १९ लाख रुपैयाँ राखेको छ । यो तीन महिनाको अवधिमा बैंकले १ करोड ७२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १६ दशमलव २८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ९८ प्रतिशत रहेको छ ।

प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव २४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६२ दशमलव ९३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ६२ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]