March 8th, 2016

यस्ता छन् राष्ट्रिय वीमा संस्थानका आगामी योजनाहरु 

rastriya bima sansthanराष्ट्रिय विमा संस्थान नेपालले आर्थिक बर्ष ०७३/७४ मा विमा गर्नेको संख्यालाई वृद्धि गर्नका लागि नयाँ योजना ल्याउने भएको छ । विमा क्षेत्रमा मानिसको आकर्षण कम भएको भन्दै संस्थानले तराईको दाइजो प्रथा र १८ देखि २२ बर्षसम्मका युवाहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउन लागेको राष्ट्रिय विमा संस्थानका प्रशासक आश्विनी कुमार ठाकुरले जानकारी दिए । 

हालै संस्थानले जीवन विमा र बाल अङ्ग विमाको नयाँ प्याकेज ल्याएको थियो । नेपालमा विमा गर्नेकोे पछिल्लो तथ्यांकलाई हेर्दा कुल जनसंख्याको ८ प्रतिशत मानिसले मात्र विमा गरेका छन् । विमा गर्दा विमा कम्पनीलाई फाइदा नभएर व्यक्तिलाई फाइदा पुग्ने भएतापनि धेरै मानिसमा विमा गर्नुपर्छ भन्ने चेतना नभएको प्रशासक ठाकुरको भनाई छ । नेपालमा अहिले विमा गर्नेहरुको संंख्यालाई हेर्दा गाउँका भन्दा शहरका मानिसले बढी विमा गरेको संस्थानको तथ्यांकले देखाउँछ । विमा क्षेत्रलाई सबै दृष्टिकोणबाट सक्षम, सबल र प्रभावकारी बनाउन विमा समितिले हरेक बर्ष नयाँ नयाँ कार्यक्रम थप गर्दै आएको छ । विमा संस्थानले वार्षिक मूल्यांकन, असल व्यवसायिक सुशासन, लघु विमालाई बढावा, महा–विपत्ति जगेडा कोषको आवश्यकता तथा अन्य लगानीका अवसरहरुलाई ध्यानमा राख्दै कार्यक्रमहरु गर्दै आइरहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]