October 21st, 2016

डेढ अर्ब रुपैयाँको ट्रेजरी बिल आगामी सोमबार

nrb 1 (1)नेपाल राष्ट्र बैंकले आगामी सोमबार एक अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिने अवधिको ५० करोड रुपैयाँ बराबरको र ३६४ दिने अवधिको एक अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्न लागेको जनाएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ ११ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल आगामी कात्तिक ७ गते परिपक्व हुने बताइएको छ ।

दिउसो ३ बजे विक्रि हुने उक्त ट्रेजरी बिल खरिद गर्नका लागि अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ । अनलाइन बोलकबोल गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]