September 5th, 2016

भदौ २९ गतेसम्म सेयर किन्नेले मुक्तिनाथ विकास बैंकको हकप्रद भर्न पाउने

muktinathमुक्तिनाथ विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले शेयरधनी पुस्तिका बन्द गर्ने मिति तोकेको छ । धितोपत्र बोर्डबाट शेयर निष्काशनको अनुमति पाए पछि आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार, भदौ २९ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको सो हकप्रद भर्न पाउनेछन् । बैंकले असोज दोस्रो सातादेखि हकप्रद निष्काशन गर्ने तयारी गरिरहेको छ ।

 हाल मुक्तिनाथको चुक्ता पूँजी ८४ करोड रुपैंया रहेको छ । यसको ५० प्रतिशत अर्थात ४१ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी १ अर्ब ३० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।  ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले लघुवित्तको समेत काम गर्दै आएको छ । गत आर्थिक बर्षमा बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]