September 4th, 2016

साताको पहिलो दिन शेयर बजार ‘न्यानो’

14232988_1108935412515935_1218298644799191134_nसाताको पहिलो दिन आइतबारको शेयरबजार उकालो लागेको छ । अघिल्लो कारोबारको तुलनामा नेपाल स्टक एक्सेन्ज (नेप्से) र कारोबार दुवै उकालो लागेको हो । आइतबार नेप्से १४.६५ अंकले उकालो लागेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत झण्डै तीस करोड रुपैयाँले बढेको छ । आइतबारको कारोबारमा नेप्से परिसूचक १४.६५ अंकले उकालो लागेर १८१९.८३ विन्दुमा पुगेको छ । १ सय ४६ कम्पनीको कारोबार भएको बजारमा १ अर्ब ६४ करोड ९५ लाख रुपैंया बराबरको शेयर किनबेच भएको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै ३० करोड रुपैंयाले बढेको छ ।

 होटल, वाणिज्य बैंक, विकास बैंक र बीमा समूह उकालो लागेको बजारमा उत्पादन, जलविद्युत,वीत्त र अन्य समूह भने ओरालो लागेका छन् । यसदिन होटल समूह सबैभन्दा बढी २९ अंकले बढेको छ भने  उत्पादन मुलुक समुह  सबै भन्दा धेरै ४४ दशमलव ६२ अंकले घटेको छ ।
गतबर्षको मुनाफाबाट ३२ प्रतिशत बोनशशेयर र त्यसपछि ८० प्रतिशत हकप्रद घोषणा गरेपछि एनबी बैंकमा लगानीकर्ताको ओईरो लागेको छ । आइतबार एनबी बैंकको मात्रै २ लाख ६४ हजार कित्ता शेयर ३२ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बैंकको शेयरमूल्य समेत ६.७५ प्रतिशत अर्थात प्रतिकित्ता ७७ रुपैयाँले बढेर १२१८ रुपैयाँ पुगेको छ । यसपछि उच्च कारोबार गर्ने इन्भेष्टमेन्ट बैंकले १४ करोड बढी र सिद्धार्थ बैंकले १२ करोड बढीको कारोबार गरेका छन् ।

माछापुच्छ्रे, एभरेष्ट, एनएमबि, सनराइज लगायतका वाणिज्य बैंकहरुको उच्च कारोबार भएको छ । आइतबारको बजारमा वाणिज्य बैंक समूहको मात्रै एक अर्ब १५ करोड बराबरको कारोबार भएको छ । जसमा आधा हिस्सा एनबी, इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकले ओगटेका छन् । यी तीन बैंकको मात्रै ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा सूचिकृत कम्पनीहरुले गतबर्षको कमाईबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि बजारमा उत्साह थपिदै गएको देखिन्छ । ३२ प्रतिशत बोनशपछि ८० प्रतिशत हकप्रद घोषणा गरेको एनबी बैंक आइतबारको बजारमा लगानीकर्ताले रोजेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]