September 3rd, 2016

बढी भएको रकम हकदाबी गर्न राष्ट्र बैंकको आह्वान

rastra bankनेपाल राष्ट्र बैंकमा गत साउन २४ गते नगद बुझाउने क्रममा रकममात्र बुझाई भौचर नबुझाएकाले १५ हजार २ सय रुपैयाँ र ४ सय ९० रुपैयाँ काउन्टरमा बढी जम्मा भएको भन्दै सो रकम दाबी गर्न सूचित गरिएको छ । राष्ट्र बैंकले शनिबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । उक्त रकम दाबी गर्न आउनेले सबुत प्रमाणसहित यो सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात असोज २१ गतेभित्रमा राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । अन्यथा प्रचलित नियमअनुसार हुने समेत राष्ट्र बैंकले जानकारी गराएको । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]