कोरोना बिमामा ९० प्रतिशत दाबी भुक्तानी भएन

गत सातासम्म १३ हजार ३ सय ५३ वटा दाबी परेका छन्, जसमध्ये १ हजार ४ सय ४१ वटाको मात्र भुक्तानी भएको छ । यो कुल दाबीको १०.७९ प्रतिशत हो । कोरोना बिमामा गत सातासम्म परेका दाबीमध्ये करिब १० प्रतिशतले मात्र दाबी भुक्तानी पाएका छन् । कोरोना संक्रमित भएका करिब ९० प्रतिशत बिमितले भने भुक्तानी पाएका छैनन् । निजी प्रयोगशालामा […]


नेपालको कृषि विकासमा लगानी गर्दै विश्व बैंक

९ अर्ब ४४ करोड ऋण स्वीकृत नेपाल सरकारले तयार गरेको कृषि विकास रणनीतिमा सघाउने उद्देश्यले विश्व बैंकले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने भएको छ । नेपालको कृषि क्षेत्रको विकास र अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरणका लागि विश्व बैंकको बोर्ड बैठकले ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ‘ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना’ स्वीकृत गरेको छ […]


सहकारीको ब्याजमा सीमा लागू

सहकारीको ऋणमा तोकिएको अधिकतम १४.७५ प्रतिशत ब्याजदर सीमा शनिबारबाट कार्यान्वयनमा आएको छ । सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा रहेको समितिले भदौ ५ गते सहकारीका लागि सन्दर्भ ब्याजदर तोकेको थियो । ब्याजदर कार्यान्वयन गर्नका लागि कात्तिक १५ गतेसम्म समय दिएकाले शनिबारबाट नयाँ ब्याजदर लागू भएको हो । सहकारी ऐन–२०७४ को व्यवस्थाअनुसार विभागले गत वर्ष साउन १९ गतेदेखि […]


चालू आवमा पनि सुन आयात न्यून

३ महीनामा १०० केजी मात्र सुन आयात मूल्य अत्यधिक मात्रामा बढेपछि चालू आर्थिक वर्ष (आव) २०७७÷७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । मूल्य बढेकै कारण गत आवमा सुनको आयातमा भारी ह्रास आएको थियो । नेपालमा सामान्य अवस्था हुँदा ३ महीनामा १ हजार ८०० केजीको हाराहारीमा सुन आयात हुने गथ्र्यो । तर, चालू आवको […]


३६ हजारले पाए सहुलियत ऋण

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा लिने १८ हजार ३ सय जना मात्र थिए । गत भदौसम्म करिब ३६ हजार २ सय जनाले ब्याज अनुदानको सहुलियत ऋण पाएका छन् । यो कृषिलगायत विभिन्न नौ प्रकारका कर्जा कार्यक्रमअन्तर्गत नागरिकले लिएको सहुलियत दरको ऋण हो । यसमा कृषिबाहेकको अन्य कर्जा लिनेको संख्या १० हजार ५ सय ९२ छ । सहुलियत […]


आयात खुम्चिँदा बाह्य क्षेत्र सन्तोषजनक

बाह्य क्षेत्र सन्तोषजनक रहे पनि समग्र अर्थतन्त्र राम्रो अवस्थामा छैन । –रामेश्वर खनाल, अर्थविद्  कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनयता अर्थतन्त्र प्रभावित भए पनि सुधारका पर्याप्त आधार रहेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । यो अवधिमा प्रायः आर्थिक गतिविधि ठप्प भए । यही कारण गत वर्षको आर्थिक वृद्धि शून्य नजिक पुग्ने प्रक्षेपण गरिएका छन् । तर बाह्य क्षेत्र (शोधनान्तर, […]


सङ्घीयता सबल बनाउन १३ अर्ब

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब रुपियाँको लागतमा चार वर्षसम्म सञ्चालन हुने यस कार्यक्रममा १० अर्ब रुपियाँ विकास साझेदारी संस्था, बेलायत सहयोग नियोग, युरोपेली सङ्घ, नर्वेजियन सरकार, स्विस सरकार र यूएनडीपीले सहयोग गरेका छन् […]


पहिलो त्रैमासमा जीवनबीमा कम्पनीहरूले उठाए ३२ अर्बभन्दा बढी बीमा शुल्क

चालू आर्थिक बर्ष २०७७/ ७७ को पहिलो त्रैमासमा जीवनबीमा कम्पनीहरुले रू. ३२ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेकाछन् । बीमा समितिबाट प्राप्त असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपालमा १९ ओटा जीवनबीमा कम्पनी सञ्चालनमा रहेका छन् । समिक्षाअवधिमा ती कम्पनीहरुले सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । गत भदौसम्म उक्त जीवनबीमा कम्पनीहरुले रू.२० अर्ब ७८ […]


निर्माण व्यवसायमा करिब ६५ अर्ब नोक्सानी

कोरोना महामारीको बढ्दो प्रकोपले निर्माण व्यवसायमा गम्भीर असर परेको छ । चलिरहेका निर्माण आयोजना २०७६ चैत ११ बाट भएको बन्दाबन्दीले एकाएक प्रभावित भए । त्यसपछि निर्माण व्यवसायमा करिब ६५ अर्ब रुपियाँ बराबरको नोक्सानी बेहोर्नुपरेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । व्यवसायीहरू मङ्सिरपछि आयोजना सुचारु गर्ने तयारीमा रहे पनि बढिरहेको कोरोना प्रभाव कुन हदसम्म पुग्छ […]


सहुलियतपूर्ण कर्जाबाट ३६ हजार जनाभन्दा बढीले लिए लाभ

बीना धितो कृषि कर्जा मात्रै ७६ करोड सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत ३६ हजार १८१ जनाले व्याज अनुदानमा सहुलीयतपूर्ण ऋण उपयोग गरेका छन्  । उक्त कार्यक्रम अन्तर्गत विसं २०७७ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न नौ ओटा शीर्षकका कर्जाबाट उक्त संख्यामा लाभान्वित ऋणीहरुको  रू. ६४ अर्ब  ९५ करोड ४६ लाख कर्जा बक्यौता रहेको छ ।  […]