तराई क्षेत्रमा उच्च मूल्यवृद्धि

नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले तराई क्षेत्रमा सबैभन्दा धेरै ४.४६ प्रतिशत मूल्यवृद्धि रहेको देखाएको हो । त्यसपछि हिमाली क्षेत्रमा सबै भन्दा धेरै ४.३९ प्र्रतिशत मूल्यवृद्धि रहेको देखाएको छ । राष्ट्र बैंकले साउनदेखि असोजसम्मलाई आधार मानेर गरेको अध्ययनअनुसार सबैभन्दा कम मूल्यवृद्धि भने पहाड […]


कोरोना बिमा भुक्तानीमा आनाकानी कायमै

साढे २७ हजार दाबीमा जम्मा ४ हजारलाई भुक्तानी झन्डै साढे तीन महिनाअघि कोरोना संक्रमित भएपछि बिमा दाबी गरेकी प्रभा पन्थीले अझै भुक्तानी पाएकी छैनन् । कम्पनीमा सोधखोज गर्दा हरेक पटक दुई–चार दिनमा भइहाल्छ भने पनि अझै पैसा नपाएको उनले बताइन् । ‘अब त कम्पनीमा फोन गर्न पनि दिक्क लागिसक्यो, जहिले कुरा गर्दा पनि एउटै उत्तर आउँछ,’ उनले […]


शोधनान्तर बचत एक खर्ब नाघ्यो मूल्य वृद्धिदर घट्यो

कोभिड सङ्क्रमणका कारण आयातमा भएको कमी तथा यसैबीच बढ्दो विदेशी सहायताले नेपालको शोधनान्तर अवस्था बलियो देखिएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को असोजसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर एक खर्ब एक अर्ब रुपियाँले बचतमा छ । गत आव २०७६÷७७ को असोजसम्म शोधनान्तर १४ अर्ब ४३ करोड रुपियाँले बचतमा थियो […]


राजस्व बढाउन स्वैच्छिक सहभागितामा जोड

स्वैच्छिक कर सहभागितामा वृद्धि गर्दै राजस्व परिचालन बढाउन आवश्यक रहेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । नवौँ कर दिवसका अवसरमा काठमाडौँको जोरपाटीस्थित आन्तरिक राजस्व कार्यालय उद्घाटनका क्रममा उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास बलियो भएमा राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने बताउनुभएको हो । कर तिर्नसक्ने नागरिकलाई कर तिर्न अभिपे्ररित गर्न कर्मचारीलाई […]


५० अर्बको पुनर्कर्जा स्वीकृत

५० अर्बको पुनर्कर्जा स्वीकृत बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने पुनर्कर्जाका लागि राष्ट्र बैंकले करिब ५० अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ । ४५ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब ६९ अर्ब रुपैयाँ बराबर पुनर्कर्जाका लागि आवेदन परेकामा ५० अर्ब ७ करोड रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए । […]


पहिलो त्रैमासमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीको नाफा २५.६२ % ले वृद्धि

सबैभन्दा बढी नेको इन्स्योरेन्सको नाफा रू. १२ करोड ४४ लाखभन्दा बढी  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार १८ ओटा कम्पनीको कुल नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा २५ दशमलव ६२ प्रतिशत वृद्धि भएको […]


१९ बैंकको नाफा वृद्धि संकुचन

वितरणयोग्य नाफामा नबिल बैंकले मार्‍यो छलाङ अघिल्ला वर्षहरूमा नाफामा फड्को मार्ने गरेका अधिकांश बैंकको यसपटक भने नाफा वृद्धिदर घटेको छ । चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासमा २७ वाणिज्य बैंकमध्ये १९ ओटा बैंकको नाफा वृद्धिदर घटेको छ । कोरोना महामारीले अधिकांश व्यवसाय पूर्णरूपमा सञ्चालन हुन नसक्दा यसको प्रभाव बैंकिङ प्रणालीको नाफामा देखिएको हो । गत […]


कर्जाको ब्याजदर अझै घट्ने

आधार दर झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि कमी आउने वित्तीय प्रणालीमा अधिक तरलताको कारण केही महिनायता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने भएको छ । असारको तुलनामा असोज मसान्तमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि कमी आउने देखिएको हो । सबै […]


सहुलियत कर्जाका लागि मंसिर १० बाट आवेदन

कोरोनाले धराशयी भएका क्षेत्रका लागि सरकारले चालू वर्षको बजेटमा ल्याएको ५० अर्ब बराबरको सहुलियतपूर्ण व्यावसायिक कर्जा प्रवाह गर्न सरकारले मंसिर १० गतेपछि  आवेदन लिने गरी तयारी थालेको छ । बजेट सार्वजनिक भएको ५ महीनापछि सरकारले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि’ पारित गरेसँगै प्रभावितलाई ऋण प्रवाह गर्ने तयारी थालिएको हो । अर्थसचिवको नेतृत्वमा रहेको कर्जा प्रवाह […]


सहकारीको गुणस्तर प्रमाणीकरणबाट विभाग बाहिरियो

बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण कार्यक्रमबाट संघीय सहकारी विभागले हात झिकेको छ । ब्राण्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि चालू वर्षदेखि विभागले प्रमाणीकरण गर्न छोडेको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले चार वर्षदेखि सञ्चालन गर्दै आएको प्रोवेश ब्राण्डलाई विभागले समेत प्रमाणीकरण गर्दै आएको थियो । ब्राण्ड […]