बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

बैंकिङ खबर/ प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका–४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका–५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन […]


बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एडममा २० प्रतिशत छुट

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेड र होटल एडम पोखरा बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् ग्राहकहरुले होटल एडम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउनुहुनेछ । उक्त छुटको […]


स्याङ्जाको नागडाँडामा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ। वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा प्रदान गरेको हो। यससँगै बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता सञ्चालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को खातामा रकमान्तर र रेमिट्यान्स सेवा सुचारु हुने मछापुच्छ्रे बैंक […]


स्टार्टअप एन्ड आइडिया फेस्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता

बैंकिङ खबर/ विथ आईसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना गरेको छ।डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउन समेत उद्देश्यले यो फेस्ट गत चैत १८ गतेबाट सुरु गरिएको हो।  चैत १८ गण्डकी प्रदेशबाट  आरम्भ भएको यो कार्यक्रममा एनआईबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ।  संस्थागत […]


क्यासलेस बन्दै बेगनास, डुंगा व्यवसायीलाई सिभिल बैंकको क्यूआर कोड

बैंकिङ खबर/ तरकारी पसलदेखि इ–रेक्सासम्म छाएको क्युआरकोड अब डुंगा व्यवसायीसम्म पुगेको छ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै कास्कीको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, […]


गरिमा क्यापिटलको एजीएम वैशाख ९ गते, यस्ता छन्‌ प्रस्ताव

बैंकिङ खबर/ गरिमा क्यापिटल लिमिटेडले वैशाख ९ गते छैटौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । पार्क भिलेज रिजोर्ट बूढानीलकण्ठमा आयोजना हुने साधारणसभामा कम्पनी सञ्‍चालक समितिले विभिन्न ९ प्रस्ताव पेश गरेको भएको गरिमा क्यापिटलले जानकारी दिएको छ । सञ्चालक समितिले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ […]


सिन्धु विकास बैंक पाँचखाल शाखाद्वारा रक्तदान कार्यक्रम आयोजना

बैंकिङ खबर/ सिन्धु विकास बैंक लिमिटेड पाँचखाल, काभ्रेपलाञ्चोक शाखाले शुक्रबार सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिति रहेको थियो । खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब १०६ जनाले रक्तदान गर्नु भएको छ । सिन्धुपाल्चोक […]


आवेदन दिएका व्यक्तिलाई पन्छाएर ठाडो आदेशबाटै राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त !

बैंकिङ खबर/ आवेदन दिएका व्यक्तिलाई नै पन्छाएर ठाडो आदेशबाटै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । कम्पनीको सीईओमा अर्थ मन्त्रालयका उप–सचिव ज्ञानेन्द्र ओझालाई नियुक्त गरिएको हो । अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै ओझालाई सीईओ बनाउने निर्णय गरेको हो । कम्पनीका सीइओ डिल्लीराज अर्याल गत भदौमा कम्पनीबाट बाहिरिएका थिए । सरकारले उक्त […]


जनता आधारभूत विद्यालयलाई लुम्बिनी विकास बैंकको सहयोग

बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ । लालबन्दि-११ सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । जनता आधारभुत विद्यालयमा सुबिधा […]


चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

बैंकिङ खबर/ नेपाल बैंक र भन्सार विभागबीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल […]