August 15th, 2016

४ सय २७ करोडको ट्रेजरी बिल

nrb 1नेपाल राष्ट्र बैंकले सोमबार ४ सय २७ करोडको ट्रेजरी बिल जारी गरेको छ । बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले टे«जरी बिल जारी गरेको हो । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि २ सय ७७ करोड निर्धारण गरिएको छ भने १ सय ८२ दिनेका लागि १ अर्ब ५० करोड रुपैयाँ निर्धारण गरिएको छ । ९१ दिनका लागि निर्धारण गरिएको टे«जरी बिल कात्तिक ३० गते परिपक्व हुने छ भने १ सय ८२ दिन ट्रेजरी बिल फागुन ३ गते परिपक्व हुनेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रापत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाको साथै सर्वसाधारण नेपाली नागरिकले खरिद गर्न सक्ने सो ऋणपत्रका लागि अनलाइनमार्फत बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले तरलता केन्द्रीय बैंकलाई बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]