February 12th, 2018

सेयर बजारमा गिरावट कायमै, ५३ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । सोमबार नेप्से ४.४२ अंकले घटेर १३८०.२९ अंकमा कायम भएको छ । व्यापार, विकास बैंक र अन्य समूह क्रमशः ४.७२, ६.७६ र ३.९९ अंकले बढेका छन् । बैंकिङ, होटल, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ४, ९.२८, १.७४, २.१६, ७३.०७, १४.६३ र ६.७ अंकले घटेका छन् । 

दिनभरिमा १५६ वटा कम्पनीको छ लाख ८४ हजार २८ कित्ता सेयर तीन हजार चार सय ४० पटक खरिदविक्री हुँदा २४ करोड ६७ लाख छ हजार सात सय ८१ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक प्रोमोटर र नेपाल बैंकको एक करोडमाथिको कारोबार भएको छ । एनबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नविल बैंक प्रोमोटर, आरएसडीसी लघुवित्त, एनएमबि बैंक र राष्ट्रिय बीमा कम्पनीको क्रमशः ९८ लाख, ९० लाख, ८८ लाख, ७९ लाख, ७७ लाख, ७५ लाख, ६७ लाख र ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

जम्मा ५३ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । साल्ट ट्रेडिङका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने हिमालयन डिस्टीलरीका सेयरधनीले ५.२३ प्रतिशतका दरले कमाएका छन् । गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, बुटवल पावर कम्पनी, पूर्णिमा विकास बैंक, नेशनल हाइड्रो, कामना सेवा विकास बैंक, जलविद्युत् लगानी तथा विकास कोष, कञ्चन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

दिव्यश्वरी हाइड्रो र आरएसडीसी लघुवित्तका सेयरधनीले पाँच प्रतिशतका दरले गुमाएका छन् । कालिका माइक्रोक्रेडिट, अरुण भ्याली हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स, मिसन डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, मिर्मिरे माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, खानीखोला हाइड्रो, लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]