March 23rd, 2017

सवा १५ अर्बको ट्रेजरी बिल आइतबार

नेपाल राष्ट्र बैंकले १५ अर्ब २६ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ९१ दिने अवधिको नौ अर्ब, १८२ दिने अवधिको चार अर्ब ३० करोड र ३६४ दिने अवधिको एक अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको हो । यी ट्रेजरी बिल क्रमशः असार १३, असोज १० र ०७४ चैत्र १३ गते परिपक्व हुनेछन् । 

आगामी आइतबार (चैत्र १३ गते) अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न आह्वान गरिएको छ । मंगलबार (चैत्र १५ गते) उक्त ट्रेजरी बिल निष्काशन गरिने बताइएको छ । 

राष्ट्र बैंकले यसअघि गत चैत्र ७ गते साढे १० अर्बको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान गरेको थियो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]