March 22nd, 2017

सनराइज बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

सनराइज बैंक लिमिटेडले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले मंगलबार (चैत्र ८ गते) धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

सनराइज बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल सनराइज बैंकको चुक्तापुँजी पाँच अर्ब ३० करोड १३ लाख रुपैयाँ रहेको छ । १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि सनराइजको चुक्तापुँजी छ अर्ब ९३ करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]