June 22nd, 2017

विश्व बैंक र अर्थमन्त्रालयबीच १९ अर्ब ५ लाखको ऋण सम्झौता

विश्व बैंक र अर्थमन्त्रालयबीच १९ अर्ब ५ लाखको ऋण सम्झौता भएको छ । नेपालका विद्यालय क्षेत्रको विकास गर्न विश्व बैंकले दिने ऋणका लागि बुधबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता भएको हो । ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र विश्व बैंकका नेपाल शाखा प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे । 

आगामी पाँच वर्षका लागि प्रदान गर्न लागेको उक्त सहायता शिक्षाको गुणस्तर सुधार, आधारभूत तथा माध्यमिक शिक्षामा न्यायोचित पहुँच विस्तार, अध्ययन–अध्यापन तथा विद्यार्थीको सिकाइमा सुधारका साथै सुदृढ शैक्षिक प्रणाली निर्माणमा उपयोग गरिने अर्थमन्त्रालयले जनाएको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]