February 12th, 2018

लुम्बिनी अञ्चलमा एनआईसी एशिया बैंकको नौ नयाँ शाखा एकैसाथ संचालनमा 

लुम्बिनी अञ्चलमा एनआईसी एशिया बैंकले नौ नयाँ शाखा कार्यालयहरु एकै साथ संञ्चालनमा ल्याएको छ । जसअन्र्तगत नवलपरासी जिल्लाको ४ स्थानहरु गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा,  प्रतापपुर न.पा. वडा नं २ गोपीगंज स्थित गोपीगंज शाखा, बिनयीत्रिवेणी गा.पा. वडा नं १ दुम्कीबास स्थित दुम्कीबास शाखा र मध्यबिन्दु न.पा. वडा नं. १० अरुणखोला स्थित अरुणखोला शाखा साथै, रुपन्देही जिल्लाको ३ स्थानहरु देवदह न.पा. वडा नं. १२ शंकरपुर स्थित शंकरपुर शाखा, सैनामैना न.पा. वडा नं. ३ मुर्गिया स्थित मुर्गिया शाखा र तिलोत्तमा न.पा. वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलिया स्थित ईमिलिया शाखा  माघ २८ गते एक भव्य समारोहका बिच समुद्घाटन सम्पन्न भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित ९ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एवम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]