February 5th, 2018

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकबीचको मर्जर अन्तिम चरणमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एन.आई.डी.सी. डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने(merger) प्रयोजनको निमित्त १ः१ सेयर आदान प्रदान अनुपात तथा अन्तिम सम्झौता (स्कीम अफ एरेन्जमेण्ट)लाई अनुमोदन गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न सो विशेष साधारण सभामा अध्यक्ष पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै मर्जर पश्चात राष्ट्रिय वाणिज्य बैंक अझ बलियो र ठूलो बैंक बन्ने विश्वास ब्यक्त गरे । सो साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वागत मन्तब्य प्रस्तुत गर्दै बैंकको समग्र वित्तीय अवस्था, हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा आफ्नो धारणा ब्यक्त गरेका थिए ।

विशेष साधारण सभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनिधिहरुले राख्नुभएको जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे, संयुक्त मर्जर समितिका संयोजक निर्मलहरि अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जवाफ दिएका थिए ।

बैंकको हाल ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९२ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको छ । चालु आ.व.२०७४/०७५ को दोश्रो त्रैयमास सम्म बैंकले १ खर्व ४९ अर्व निक्षेप संकलन गरी १ खर्व १० अर्व कर्जा लगानी गरि १ अर्व ७८ करोड खुद मुनाफा कमाएको छ ।

सो विशेष साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, डा. जितेन्द्र प्रसाद उपाध्याय, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधि सिग्देल, डा. रामदेव सिहं, नायब प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णु प्रसाद बैद्य, भुपेन्द्र पाण्डे, महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कबिराज अधिकारी, केशबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल र कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार गीता हुंमागाई, मुल्याङ्कनकर्ता सुदर्शनराज पाण्डे र सुनिर ढुङ्गेल तथा बैंक भित्र क्रियाशिल तिनवटै ट्रेड यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । विशेष साधारण सभालाई कम्पनी सचिव जनन्नाथ कुईकेलले सहजीकरण गरेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]