June 6th, 2017

राजनीतिक आकांक्षाले रनभूल्ल : न यताको भए, न उताको भए ‘प्रमोद श्रेष्ठ’

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी भएका प्रमोद श्रेष्ठ राजनीतितर्फ लागेपछि यता न उताको भएका छन् । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा एमालेको तर्फबाट चुनावी मैदान उत्रेपछि उनको पद खारेज भएको थियो । उक्त पदमा अहिले किशोर प्रधानलाई ल्याउने तयारी भइरहेको छ । श्रेष्ठलाई तीन दिनभित्र मेयर उम्मेदवार भएको बारेमा स्पष्टीकरण पेश गर्न पत्र पठाइएको थियो । उक्त पत्रको जवाफ नदिएपछि उनको पद स्वतः खारेज भएको थियो । सो पदमा प्रधानलाई निर्विरोध रुपमा ल्याउने तयारी भएको बुझिएको छ । महासंघमा जितिसकेको पद गुमाएका श्रेष्ठ म्याग्दीको मेयरमा पनि पराजित भएपछि रनभूल्लमा परेका छन् ।   

म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले प्रमोद श्रेष्ठलाई हराएका थिए । प्रमोदले हरिकुमारसँग जम्मा ४५ मतले हारेका हुन् । हरिकुमार श्रेष्ठ पाँच हजार छ सय ७९ मत ल्याएर श्रेष्ठ प्रमुखमा विजयी भएका थिए भने नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार छ सय ३४ मत मात्र प्राप्त गरेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]