June 20th, 2017

युनिक हाइडेलले पाँच लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने

युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ ३१ गते बोर्डमा निवेदन दिएको जनाएको छ । सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सिन्धुपाल्चोकको बलेफी खोला करिडोरमा रहेको युनिक हाइडेल प्रालिले ४.२ मेगावाटको बराम्ची खोला आयोजना निर्माण गर्दैछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]