April 19th, 2017

यार्सा बटुल्न लेकतिर, एकै सिजनमा करोडपति

बझाङका अधिकाशं गाँउका स्थानियबासी यतिबेला यार्सागुम्वा संकलन गर्न सैपाल हिमाल तिर लागेका छन् । गाउँलाई नै शून्य बनाएर उनीहरु हिमाल पसेका छन् । छोटो समयमा लाखौको आम्दानी हुने भएपछि दुध चुसाउने बाल बालिका सहित लिएर केटा केटी यूवा बृद्घ सहित यार्सा टिप्न लेक तिर गएका छन् । दौतिचौरका गोरख बोहराले गाँउका सबै यार्सा गुम्बा टिप्न लेक तिर हिडेपछि गाँउमा असक्त बृद्घहरु मात्र बाँकी छन् । 

जिल्लाको उत्तरी क्षेत्रका काडा, सुर्मा, दौलिचौर, दहबगर, मेलबिसौना, धमेना, रिलु, दातोला लगाएतका एक दर्जन भन्दा बढी गाबिसका बासिन्दाहरु यार्सा संकलन गर्न हिमालतिर जाने गर्दछन् । बच्चा देखी ६० वर्ष नाघेका मानिसहरु पनि छोटो समयमा धेरै कमाई हुने आशा गर्दै यार्सागुम्वा खोज्न जाने गरेका हुन् । ग्रामिण भेगमा घरको सुरक्षाका साथै वस्तुभाउ पाल्नका लागी एक जना बस्ने र बाँकी सबै यार्सा संकलन गर्न जाने गर्दछन् । यस जिल्लाबाट यार्सा टिप्नका लागी प्राय मानिसहरु काडा गाबिसको राईढुङ्गे, सुर्मा सरोबर क्षेत्र, उरै क्षेत्र, रक्षा हिमाल, गोल्डेन हिमाल र सैपाल हिमाल र सुर्मा गाबिसको कुण्ड, धनसेरी,पार्छि र सरोबर क्षेत्रमा तिर जाने गर्दछन् ।  

यार्सा संकलनका लागि बैशाख देखि साउनसम्मको समयलाई उपयुक्त मानिन्छ । यो सिजनमा खानेकुरा बस्नका लागी पाल लिएर हजारौको सख्यामा यार्सा संकलनका लागि निस्कने गर्दछन्, बझाङवासीहरु । त्यसैले यो समयमा त्यहाँका गाउँ तथा वस्तीहरु सुनसान हुने गर्दछन् । गाउँमा केही ठूला घटनाहरु घहिाल्यो भने पनि तुरुन्तै फोन गरेर गर्न सक्ने स्थिती समेत रहँदैन । हिमालमा मोबाईलको नेटवर्क नलाग्ने भएकाले हिमालतिर गाँउमा केही ठूलो घटनाहरु घट्दा स्थानिय एफएमबाट खबर गरि बोलाउनु पर्ने अवस्था समेत आइपर्ने स्थानीय बताउँछन् । 

गत बर्ष यार्साको मूल्यदर ओरालो लागे पछि स्थानियमा केही निरासा छाएको थियो । विगतका वर्षहरुमा प्रति केजी १८ लाखसम्म पर्ने गरेको यार्साको मूल्य गत वर्ष ८ लाखमा झरेको थियो । तर, यस वर्ष यार्साको मूल्यदर बढ्न सक्ने र मनग्य आम्दानी समेत हुने दह्रो अपेक्षासहित पुनः गाउँलेहरु यार्सा संकलनका लागि दौडधूप गरिरहेका छन् । 

हिमाल तिर जानका लागी बाटो घाटो राम्रो नहुदा बर्षेनी दुई चार जनाले ज्यान गुमाउने गरेका छन् । हिमाल तिर लुटपाट चारी डकैती र चोरी सिकारका घटनाहरु बढदै गए पछि प्रहरीको सुरक्षा सहित यस बर्ष पनि दहबगर गाबिस र काडा गाबिसका प्रहरीको दुई वटा टोली खटाईने तयारी भई रहेको स्थानीय प्रहरीले बताएका छन् । यसका लागी आवश्यक तयारी समेत भइरहेको प्रहरीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]