September 7th, 2016

मेरो माइक्रोफाइनान्समा सेयर हुनेले १० प्रतिशत बोनस सेयर पाउने

mero microfinanceमेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले आकर्षक लाभांश पाउने भएका छन् । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैङ्कको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ । सो निर्णय राष्ट्र बैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा लाभांश वितरण गर्न लागेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]