March 10th, 2017

पुनः तीन अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी सोमबार तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब ५० करोड रुपैयाँको र १८२ दिने अवधिको ५० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्न लागेको हो । खरिद गर्न चाहनेलाई सोमबार (फागुन ३० गते) अपरान्ह ३ बजेभित्रमा शिलबन्दी बोलपत्र पेश गरिसक्न आह्वान गरिएको छ । ट्रेजरी बिल मंगलबार (चैत्र १ गते) निष्कासन गरिनेछ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी जेठ ३० गते र १८२ दिने अवधिको ट्रेजरी बिल भदौ २७ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि गत सोमबार पनि ट्रेजरी बिल गरेको थियो । ९१ दिने अवधिको दुई अर्ब १३ करोड रुपैयाँ, १८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँ र ३६४ दिने अवधिको चार अर्ब ५० करोड रुपैयाँ गरी कुल १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान गरिएकोमा क्रमशः चार अर्ब ७९ करोड, छ अर्ब ५२ करोड र चार अर्ब ५० करोड रुपैयाँको बोल परेको थियो । उक्त ट्रेजरी बिल क्रमशः आगामी जेठ २३ गते, भदौ २७ गते र फागुन २४ गते परिपक्व हुने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]