October 20th, 2016

नेपाली उद्योगमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक, सुरक्षामा देखाए चासो

agreementचीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताएका छन् । बुधबार उद्योगमन्त्री नवीन्द्रराज जोशी र झाङ माओबीच उद्योग मन्त्रालयमा भएको भेटवार्तामा माओले लगानी गर्न इच्छुक रहेको बताएका हुन् । लगानीका लागि माओले लगानी संरक्षण सुनिश्चिताका विषयमा जिज्ञासा समेत राखेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनियाँ प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्नसमेत चीन तयार रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]