June 8th, 2017

दुईवटा विकास बैंक गाभेपछि सेञ्चुरी बैंक पनि अब्बल बन्दै

सेञ्चुरी कमर्सियल बैंकले अरनिको डेभलपमेन्ट बैंक र इनोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर यही जेठ २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र  अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि शाख ५३ पुग्ने जनाएको छ । एक्विजिसनपछि बन्ने बैंकको नाम सेञ्चुरी कमर्सियल बैंक नै हुने छ ।

हाल तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ मात्रै चुक्तापुँजी भएको सेञ्चुरीले पुँजीवृद्धिका लागि भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरेको हो । सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरिसकेका छन् । यी दुवै विकास बैकलाई गाभेपछि सेञ्चुरी बैंकको चुक्तापुँजी पाँच अर्ब नाघ्नेछ । यसबाहेक, बैंकले अल्पाइन डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स र सेती फाइनान्ससँग पनि एक्विजिसन सम्झौता गरेको छ । पाँच वटै संस्था एक्वायर गरेपछि सेञ्चुरीको चुक्तापुँजी झन्डै सात अर्ब रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]