December 2nd, 2016

डोनाल्ड ट्रम्पले किन छोड्दैछन् आफ्नो सम्पूर्ण व्यवसाय ?

donald-trumpवासिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो सम्पूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गरेका हुन् ।

उनले ट्विट गरेका छन्, ‘डिसेम्बर १५ का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकूँ ।’ उनले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन् । केही गरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ठ्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन् ।

आउँदो जनवरी २० तारिखदेखि उनले राष्ट्रपतिको जिम्मेवारी लिने कार्यक्रम छ । त्यस अगाडी नै उनले राष्ट्रपतिको मात्रै जिम्मेवारीमा रहने बताए । रासस/एएफपी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]