November 27th, 2017

गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा नारायण भट्टराई

बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको १४२औँ बैठकले भट्टराईलाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।

पुर्णे विश्वविद्यालयबाट बीएससी तथा मनिपुर विश्वविद्यालयबाट एमबीए उपाधि हासिल गरेका भट्टराई लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब नौ वर्ष सेवा गरेपछि २०६८ मंसिरमा गुराँस लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका थिए । भट्टराई २०७० माघदेखि नायब महाप्रबन्धकमा बढुवा हुनु भएका थिए । त्यस अवधिमा उनले कम्पनीको मार्केटिङ विभाग प्रमुख एवम् पुनर्बीमा विभाग प्रमुखको जिरुम्मेवारी समेत निर्वाह गरेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]