June 6th, 2017

‘कतारमा रहेका नेपालीले आत्तिनु पर्दैन’

कतारमा साउदी अरब लगायतका मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडे पनि त्यहाँ कार्यरत विदेशी कामदारलाई कुनै अप्ठ्यारो नपर्ने कतार सरकारले बताएको छ । कतारस्थित नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कुनैपनि भयाभह अबस्था नरहेको भन्दै आत्तिनुनपर्ने बताएका हुन् । कतारमा हालै देखिएको समस्याबाट नेपाली कामदार र अन्य मुलुकका कामदारहरुलाई कुुनै समस्या नपर्ने उनले बताएका छन् । यसबारेमा त्यहाँको सरकारले विभिन्न देशका प्रतिनिधिलाई भेट गरी यसबारे जानकारी गराएको पनि उनले बताए । यसैगरी कतार सरकारले आवश्यक खाद्यान्न लगायतका सामाग्रीहरुको आपूर्ति जलमार्ग र एयरलिफ्ट मार्फत बढाइसकेको जनाएको छ । साउदी अरब लगायत ७ वटा देशहरुले बतारसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि त्यहाँ समस्या उत्पन्न हुने आँकलन गरिँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]