June 16th, 2017

एसियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट बोनस वितरण गरेपछिको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 

हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ ३० गते बोर्डमा निवेदन दिएको जानकारी दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार छ सय २० रुपैयाँ बराबरको ४० लाख २७ हजार नौ सय ६६ दशमलव २० कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गरेको हो । 

हाल एसियन लाईफ इन्स्योरेन्सको चुक्तापुँजी ६७ करोड रुपैयाँ रहेको छ । बोनस सेयर र हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब २० करोड रुपैयाँ नाघ्ने छ । ०७५ असार मसान्तसम्ममा एसियनले दुई अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]