June 12th, 2017

एनबी इन्स्योरेन्स कम्पनीको १९औं शाखा ललितपुरको जावलाखेलमा

एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९औं शाखा ललितपुरकोे जावलाखेलमा सोमबार (जेठ २९ गते) देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले  गरेका हुन् । 

शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जिबी चापागाईले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए । उक्त अवसरमा बीमा क्षेत्रको विकास र विस्तार गरी अग्रिणी बीमा कम्पनीको रुपमा एनबी इन्स्योरेन्स कम्पनीलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गरे । सोही अवसरमा अध्यक्ष चापागाईँले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि सबैलाई आग्रह गरे ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए । । उनले सोमबार उद्घाटन भएको शाखा सहित १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टर रहेको जानकारी दिए । ढकालले कम्पनीले हालै शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेको छ । यसपश्चात कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुग्ने समेत बताए । निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने उनले बताए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेकोमा चालु आ.ब. को तेश्रो त्रेमाससम्ममा रु. ४९ कारोड बीमा शुल्क आर्जन गरी रु.६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको र हालसम्म करिब रु.६० करोड बीमा शुल्क आर्जन गर्न सफल भएतापनि व्यवस्थापन उक्त सफलताबाट खुशी नरहेको र हाम्रो प्रयास निरन्तर जारी रहने व्यहोरा जानकारी गराए । कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी ग्राहकहरुलाई देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै उाले उपस्थित सबैलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरे ।

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानीय स्तरमा सेवा प्रदान गर्नको लागि ललितपुरको जावलाखेलमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]