February 12th, 2017

एनएमबि बैंकले छ महिनामा कमायो ७० करोडभन्दा बढी मुनाफा

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७० करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि बैंकले ४२ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

पाँच अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले निक्षेपमा ३१ दशमलव ०७ प्रतिशत वृद्धि गरी ६८ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ३७ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ५८ अर्ब ९३ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६४ दशमलव ८१ प्रतिशतले बढेर एक अर्ब ३४ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७५ दशमलव २१ प्रतिशतले वृद्धि गरी ८२ करोड रुपैयाँ पुगेको छ । 

बैंकको निष्कृय कर्जामा शुन्य दशमलव २२ प्रतिशतले बढेर एक दशमलव ८९ प्रतिशत पुगेको छ भने जाखिमयुक्त सम्पत्ति एक दशमलव ५५ प्रतिशतले बढेर १३ दशमलव ७९ प्रतिशत पुगेको छ । २२ करोड ६६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २७ करोड रुपैयाँ राखेको छ भने जगेडाकोषमा ४ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ राखेको छ । 

बैंकको प्रतिसेयर आम्दानी वार्षिक २८ दशमलव ३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १८ दशमलव ०२ गुणा, तरलता अनुपात २५ दशमलव ८४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ८३ दशमलव ६९ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]