June 21st, 2016

इलाम र बाग्लुङमा स्वास्थ्य बिमा कार्यक्रम असार १५ गतेदेखि 

health-insuranceस्वास्थ्य मन्त्रालयले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम आगामी असार १५ गतेदेखि इलाम र बाग्लुङमा पनि विस्तार हुँदैछ । असारदेखि जिल्लामा दर्ता प्रक्रिया सुरु गरि भदौदेखि उपचार सेवा सुरु गर्ने योजनामा मन्त्रालय छ । बिमा कार्यक्रम सञ्चालनका लागि बाग्लुङका ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा अस्पताल र कास्कीको पश्चिामाञ्चल क्षेत्रीय अस्पतालसँग सम्झौता भएकोे बताइएको छ । उक्त क्षेत्रमा दर्ता संकलनका लागि ६७ जना स्वयंसेवक नियुक्त गरिएको छ । इलाममा ४ वटा प्राथमिक स्वास्थ उपचार केन्द्र र एउटा हस्पिटलसँग सम्झौता भएको छ भने दर्ता संकलनका लागि ६४ जना स्वयंसेवक परिचालन गरिएको छ ।
स्वास्थ बिमा कार्यक्रम सञ्चालनका लागि पहिलो चरणमा सरकारले इलाम, बाग्लुङ र कैलाली जिल्ला छनौट गरेको थियो । त्यसमध्ये गत जेठदेखि कैलालीमा सेवा सुरु भइसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]