January 30th, 2018

आईसीएफसी फाइनान्सले छ महिनामा कमायो सात करोड मुनाफा

बैंकिङ खबर । आईसीएफसी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दास्रो त्रैमासमा सात करोड १८ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आईसीएफसीले ११ करोड १६ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

८८ करोड २१ लाख ७३ हजार रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सले जगेडा कोषमा २५ करोड ६४ लाख ७९ हजार रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीले सात अर्ब ५७ करोड ७३ लाख ८६ हजार निक्षेप सङ्कलन गरी छ अर्ब छ करोड ८२ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानी र संचालन मुनाफा दुबै घटेको छ । यो अवधिमा १२ करोड १५ लाख २२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्सले पाँच करोड २१ लाख ८३ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । पाँच करोड १७ लाख तीन हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा एक करोड ४४ लाख ८५ हजार रुपैयाँ राखेको छ ।

आईसीएफसी फाइनान्सको खराबकर्जा ०.१६ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४.२३ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]