September 1st, 2017

दशैँअघि नै व्यवसाय सुरु गर्दै ‘रिलायबल लाइफ इन्स्योरेन्स’

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट सञ्चालनको अन्तिम स्वीकृति पाएको छ । व्यवसाय संचालनको लागि कार्यालय, जनशक्ति लगायत अन्य पूर्वाधारहरु तयार गरिसकेको कम्पनीले अब दशैँअगाडी नै व्यवसाय सुरु गर्ने जानकारी दिएको छ । 

कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहने कम्पनीको चुक्तापुँजी दुई अर्ब रुपैयाँ हुनेछ । जसमा संस्थापक र सर्वसाधारण सेयर स्वामित्व ७०ः३० रहने छ । रिलायबल लाइफ इन्स्योरेन्समा रिलायवल डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, कालु गुरुङ, सुरिद घिमिरे, गौरब अग्रवाल, डा. प्रकाशचन्द्र लोहनी, सुशिलकुमार पन्त, रमण श्रेष्ठ, उदय नेपाली श्रेष्ठ, केशववहादुर रायमाझी, गौरिराज जोशी, कैलाश सिरोहिया, हरिभक्त शर्मा, वीरबिक्रम रायमाझी, शम्भुप्रसाद गौतम, जनार्दनदेव पन्त लगायत २८० जना प्रमोटर छन् ।

कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ)मा नारायणबाबु लोहोनी रहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]